Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार छाड्ने तयारीमा नागरिक उन्मुक्ति पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जिल्ला अदालतले तोकेको जन्मकैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै सरकारबाट बाहिरिने तयारी गरेको छ।

चौधरीलाई रिहा गर्नेगरी कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरेकै बेला मंगलबार सर्वोच्चले यस्तो आदेश सदर गरेपछि पार्टीले सरकार छाड्ने तयारी गरेको हो ।

यस विषयमा निर्णय लिन डिल्लीबजारस्थित कारागारमा रेशमले पत्नी तथा अध्यक्ष रञ्जिता श्रेष्ठसहित पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् ।

जिल्ला र उच्च अदालतको फैसलाअनुसार पार्टीका सल्लाहकार एवं पूर्वसांसद चौधरी अझै १४ वर्ष थुनामा बस्नुपर्नेछ । यसरी हेर्दा राजनीतिमा फर्कने सम्भावना सकिएको छ ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077