Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचार गर्ने कुरामा कांग्रेस र कम्युनिष्टबीच प्रतिस्पर्धा भइरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुक भ्रष्टाचारमा चुर्लम्म डुबेको बताएका छन् ।

बुधबार ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले देशमा कांग्रेस कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिषप्रर्धा भइरहेको आरोप लगाए। अध्यक्ष नेपालले पार्टीभित्र अलोकतान्त्रिक चरित्र विद्यमान रहेको अवस्थामा राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चुनौति रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ।’

उनले नीतिभन्दा नेता प्रधान,सामूहिक नेतृत्वको सिद्धान्त पालना गर्नुभन्दा एउटा नेताको निर्देशन पालना गर्नुपर्ने अवस्था रहेको जिकिर गरे। उनले अहिलेको परिस्थितिमा कम्युनिष्ट पार्टीबीच एकताका लागि छलफल भइरहेको भन्दै समानताका आधारमा अघि बढ्न तयार रहेको बताए ।

अध्यक्ष नेपालले मदन भण्डारीले नेपाली राजनीतिलाई सहि बाटोमा लिएर जाने अभियान स्मरण गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077