Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 522
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ।

    नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिमले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।



    भेटमा प्रधानमन्त्री प्रचण्डले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।



    नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री टिम वाट्स बुधवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा द्विपक्षीय हित,आपसी चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको बताए । उनले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अवस्था र समस्याहरूका बारेमा चासो व्यक्त गरेका थिए ।

    यस्तै नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा पनि छलफल भएको थियो । वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार