Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वसांसद शेर्पाको बयान लिइँदै

    शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वसांसद शेर्पाको बयान लिइँदै

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 642
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज बयान लिइने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनको आज बयान लिइन लागेको हो ।

    यसअघि सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान लिएको छ ।



    प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका शेर्पाबारे अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंगलबार २ दिनको म्याद थपेको छ ।



    शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार