Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी कार्यदिशा तय गर्दै राप्रपा केन्द्रीय समिति बैठक आज सकिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक बुधबार सकिँदैछ ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेको राजनीति प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए ।

सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूबाट आउने सुझावका आधारमा कार्यदिशा तय गरिने राप्रपाले जनाएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजंग गुरुङको सचिवालय सम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको सांगठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका छन् ।

बैठकमा अध्यक्षबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् । राजसंस्था, हिन्दूराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नुपर्ने लगायत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077