काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।
च्यासल मैदानमा पुलिसले विभागीय डर्बीमा एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै पुलिस क्लब रेलिगेसन क्षेत्र छोडेको छ ।
नेपाल पुलिसको जितमा खेलको ६१ औं मिनेटमा मोसेस ग्याबाह तुमले निर्णायक गोल गरे ।
यस जितसँगै पुलिसले १८ खेलमा २२ अंक जोडेको छ भने पराजित एपीएफ भने समान खेलबाट २२ अंकका साथ लिगको ११औँ स्थानमा झरेको छ ।
लिगमा आजै दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबले १-१ को बराबरी खेल्दै अंक बाडेका थिए ।
Leave a Reply