काठमाडौं । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पर्सी जेठ ५ गते ल्याउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने प्रचलन छ। तर, यस पटक राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ्य भएकाले प्रधानमन्त्रीले पढ्नेबारे छलफल भइरहेको छ ।
प्रधानमन्त्रीले ४ गतेको बैठकमा संसदमा प्रश्नोत्तर गर्दैछन्।
Leave a Reply