Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारुढ गठबन्धन दलको बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए सत्तारुढ गठबन्धन दलको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 639
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो साढे २ बजे बस्नेगरि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रमबारे पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्षसहित सबैको सुझाव लिन सरकारलाई समर्थन गरेका १० दलका नेताहरुलाई सो बैठकमा सहभागी हुनका लागि निम्तो दिएका छन् ।



    सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक बर्ष २०८०-८१ को बजेट ल्याउने तयारी गरिरहेको छ ।

    नेकपा माओवादी केन्द्र नेतृत्वको सो गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार