Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेट

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेट

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 687
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।

    भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको हो ।



    भेटमा प्रधानमन्त्री प्रचण्डले संसदीय समितिहरूको बैठक सुरु भएकाले संसद्ले लय समातेको बताए। यसले संसद्‍मा विचाराधीन विधेयकहरू टुंगो लगाउन सजिलो हुने पनि प्रधानमन्त्री प्रचण्डको भनाई छ ।



    प्रधानमन्त्रीले सभामुखलाई सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पनि जानकारी गराएका थिए । सभामुख घिमिरेले भने सदन सञ्चालनका लागि सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार