Online Nepal
  • बुधबार, २ माघ २०८१
  • आम्दानी र खर्चको खाडल साढे २ खर्ब

    आम्दानी र खर्चको खाडल साढे २ खर्ब

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा र खर्चबीचको खाडल साढे २ खर्ब पुगेको छ । यो वर्षको १० महिना अर्थात् वैशाख अन्तिमसम्ममा सरकारको कुल खर्च २० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यही समयमा ऋणबाहेकको कुल आम्दानी भने ७ अर्ब ९७ अर्व रुपैयाँमात्र भएको छ ।

    अहिलेसम्मको आम्दानी र खर्चलाई हेर्दा खाडल साढे २ खर्ब रुपैयाँ देखिएको हो । सरकारको वैशाखसम्मको कुल १० खर्ब ४७ अर्ब रुपैयाँ आम्दानी राजस्व अनुदान र अन्य क्षेत्रबाट आएको मात्र हो। यसमा सरकारले उठाएको आन्तरिक र बाह्य ऋण जोडिएको छैन।



    महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाखसम्ममा ६ खर्व ८४ अर्ब रुपैयाँ राजस्व र ७१ अर्व रुपैयाँ गैरकर राजस्व असुली भएको छ। यस्तै, अहिलेसम्म ४ अर्ब ८० करोड अनुदान आएको छ भने सरकारको अन्य आम्दानी ३९ अर्व रुपैयाँ भएको छ।

    कार्यालयका अनुसार यो वर्ष सरकारले १४ खर्च ३ अर्ब रुपैयाँ कुल राजस्व उठाउने लक्ष्य राखेकामा अहिलेसम्म ५३ प्रतिशतमात्र उठेको छ। राजस्व असुली ५२.८५ र गैरकर राजस्व असुली ६६.४५ प्रतिशत पुगेको छ। वैदेशिक अनुदान भने लक्ष्यको ८.६६ प्रतिशतमात्र आएको छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार