Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अत्याधुनिक इटाली पेस्तोलसहित धरानबाट तीनजना पक्राउ

सुनसरी । अत्याधुनिक इटाली दुई थान पेस्तोलसहित धरानबाट तीनजना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष ब्यूरोको टोली र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पेस्तोल लुकाउने धरान-१७ का दाजुभाइ २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान-१५ का २४ वर्षीय रोहित राई रहेका छन् ।

धरान उपमहानगरपालिका-१५ विशाल चोक र वडा नम्बर १७ को डाँडा घोपाबाट दुई इटाली पेस्तोल र पेस्तोल लुकाएर राखेको आरोपमा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना कसुर अन्तर्गत जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077