Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सत्ता केन्द्रित दलहरूका कारण देश संकटको भुमरीमा फस्यो : राजेन्द्र लिङ्देन

    सत्ता केन्द्रित दलहरूका कारण देश संकटको भुमरीमा फस्यो : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 489
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरू सत्ता केन्द्रित भएका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् ।

    सोमबारबाट सुरू केन्द्रीय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । अभ्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताए ।



    अध्यक्ष लिङ्देनले भने, ‘प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अंगहरुका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । सत्ता पक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापका कारण हुने नोक्शानीको मूल्य केवल राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन, सिंगो देशले चुकाउनु पर्छ ।’



    अध्यक्ष लिङदेनले केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको दाबी गरे । लिङ्देनले बेथितिको निरन्तरतामा रमाउने ठूला तथा पुराना दल र अवस्था मात्र बदल्ने नयाँ दलका अवधारणा निकास र निराकरणका लागि पर्याप्त नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार