Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सांसद आरजु राणाको प्रश्न- मेरो नाम जोडिएको फेक अडियोबारे छानबिन गर्न किन ढिलाई ?

    सांसद आरजु राणाको प्रश्न- मेरो नाम जोडिएको फेक अडियोबारे छानबिन गर्न किन ढिलाई ?

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 585
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘फेक अडियो’ को छानविनमा ढिलाई भएको भन्दै असन्तुष्टि जनाएकी छिन्।

    प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारले छिट्टै उक्त टेपको सत्यतथ्य उजागार गर्नुपर्ने बताएकी हुन्।



    उनले भनिन, ‘निवेदन दर्ता गर्न तीन घण्टा लगाइयो। ६ दिन हुँदा पनि फेक हो कि होइन भनेर किन भनिएको छैन ? सरकारले चाँडै नै टेपको सत्य तथ्य उजागार गरोस्।’



    केही दिनअघि उनले शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो फेक भएको दाबि गर्दै छानबिन गरी दोषीलाई कारबाही गर्न मागसहित साइबर व्युरोमा उजुरी दिएकी थिइन्।

    सांसद आरजुले नक्कली भुटानी शरणार्थी काण्ड देशका लागि सबैभन्दा लज्जास्पद काण्ड भएको समेत उल्लेख गरिन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार