Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउँदैन

    प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउँदैन

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 525
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध सरकार गम्भीर रुपमा लागेको बताएका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन नसक्ने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘यो कुरा पछिल्ला केही कारबाहीबाट प्रष्ट भएको छ । भ्रष्टाचारीहरूलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदमप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाउनुभएकोमा म सरकारको तर्फबाट सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । त्यसका साथै भ्रष्टाचारीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भनेर जुन खबरदारी गर्नुभएको छ, त्यसप्रति पनि हामी पूर्ण सजग रहेका छौं ।’

    प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेपछि सुरूदेखि नै अर्थतन्त्रमा देखा परेका चुनौती सामना गर्न केही महत्वपूर्ण कदम चालिएको बताए ।

    उनले सुशासन, समृद्धि तथा समाजिक न्याय लक्षित विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयन गरिएको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार