Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशम चौधरी मुद्दाको आजै फैसला आउने सम्भावना

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाई जारी रहेको छ ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका चौधरीको मुद्दा  उपर अन्तिम सुनुवाइ हुन लागेको हो ।

उनको मुद्दा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मुद्दा किनाराको अन्तिम चरणमा रहेकाले आजै फैसला आउने सम्भावना छ ।

टिकापुर घटनामा चौधरी लगायत ११ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो ।

करिब त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077