Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खैरहनीमा बस दुर्घटना, ३१ जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना भएको छ ।

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना हुँदा ३१ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार बस खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको छ ।

बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ । दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेजमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077