Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । संसद सचिवालयका अनुसार बैठकको सम्भावित २ वटा कार्यसूची रहेका छन् ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पेस गर्न लागिएको हो । बस्नेतको ७८ वर्षको वैशाख २९ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077