Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगमले गर्‍यो पेट्रोल तस्कर गर्ने चालकलाई कारबाही

काठमाडौं । क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरी गर्ने ट्यांकर नियन्त्रणमा लिएको छ ।

क्षमताभन्दा बढी पेट्रोल ढुवानी गरी चोरीमा संलग्न रहेको उक्त ट्यांकर भैरहवा भन्सार कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

नेपाल आयल निगमले पेट्रोल तस्कर गर्ने चालकलाई ढुवानीमा सधैंको लागि बन्देज गरेको छ । निगमसँग करार सम्झैता भई बेतालपुर–भैरहवा रुटमा सञ्चालन हुने लु २ ख ४८३९ नम्बरको ट्यांकरले २० किलोलिटरभन्दा बढी परिमाणमा पेट्रोल ल्याएर तस्करी गरेको पुष्टि भएपछि निगमले कारबाही गरेको जनाएको छ ।

निगमका अनुसार पेट्रोल चोरी पैठारी कसुरमा ट्यांकर, ढुवानीकर्ता र चालकलाई कारबाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077