काठमाडौं । सरकारले अयोग्य लडाकूलाई २ लाख दिने भनी गरेको निर्णय तत्काल रोक्न माग गर्दै सर्वोच्च अदलतमा रिट दायर भएको छ ।
नेपाली कांग्रेसका नेता कुलबहादुर लिम्बूसहित ५० भन्दा धेरै द्वन्द्वपीडितले यस्तो रिट दायर गरेका हुन् ।
अयोग्य लडाकूका नाममा रकम वितरण गर्ने कार्य विभेदकारी भएको जिकिर गर्दै उनीहरूले रिट दायर गरेका हुन् ।
आफूहरु वर्षौंदेखि माओवादीका कारण विस्थापित भएको, कब्जा भएको सम्पत्ति नपाएको, घाइतेहरुले उपचार नपाएको उनीहरुको गुनासो छ । सो रिटको पेसी जेठ २ गतेका लागि तोकिएको छ।
Leave a Reply