Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • संसदीय सुनुवाइ समितिका लागि एमालेसहित ४ दलले बुझाए नाम

    संसदीय सुनुवाइ समितिका लागि एमालेसहित ४ दलले बुझाए नाम

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 660
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिका लागि ४ दलले सदस्यहरूको नाम बुझाएका छन् ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका ४ दलहरुले सुनुवाइ समितिका लागि नाम बुझाएका हुन् ।



    नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी घर्ती छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाले प्रदीप यादवको नाम पठाएको छ ।



    राष्ट्रियसभाबाट भने कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादीका जगप्रसाद शर्मा मनोनयन भइसकेका छन् । कांग्रेस र माओवादीबाट नाम आइनसकेकाले शुक्रबारको बैठकमा सदस्यहरूको नाम मनोनयन हुन नसकेको संघीय संसद सचिवालयले बताएको छ ।

    यसअघि समिति सदस्य संख्या निर्धारण गर्न प्रमुख दलबीचको बैठकमा सत्ता पक्षको तर्फबाट विशेष समितिमा १२ मध्ये दलहरूको सांसद संख्याको अनुपात निकाल्दा कांग्रेसबाट ३.८८ प्रतिशतले ४ सदस्य रहने र एमालेबाट एमाले ३.४९ प्रतिशतको हिसाबले ३ सांसद रहने प्रस्ताव गरिएको थियो ।

    सत्तापक्षले नेकपा एसलाई एक सीट दिने प्रस्तावमा एमाले अस्वीकार गरेको थियो । संसदीय समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना रहने व्यवस्था छ । समितिमा नेपाली कांग्रेस र एमालेका समान ५/५ जना सांसद हुने छन् । त्यस्तै माओवादी केन्द्रबाट २, र रास्वपा, राप्रपा र जसपाबाट १र१ जना रहने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार