Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति

    पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 669
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा अदालतले अनुमति दिएको छ ।

    पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।



    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हरुलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।



    भुटानी शरणार्थी प्रकरण मा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो । यही प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि तत्कालीन मन्त्री टोपबहादुर रायामाझी भने हाल सम्पर्कविहीन छन् ।

    पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रक्षात्मक बनेको एमालेले रायमाझीलाई कारवाही गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार