Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाले भ्रष्टाचारविरुद्ध जेठ ४ गते काठमाडौंमा आमसभा गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यले जेठ ४ गते काठमाडौंमा आमसभा गर्न लागिएको हो ।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र छानबिन कमजोर बनाउन नहुनेमा जोड दिए ।

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एक मात्र पार्टी राप्रपा भएको भन्दै प्रतिपक्षमा बसेर राष्ट्रियताका पक्षमा सशक्त आवाज उठाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077