Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीले संसदीय समितिको नेतृत्व नगर्ने

काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संसदीय समितिबारे सहमति जुटाएका छन् ।

बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनै दलका सचेतकसहितको बैठकले संसदीय समितिको टुंगो लगाएको हो ।

जस अनुसार संसदीय समितिमा नेकपा एकीकृत समाजवादीको भने उपस्थिति नरहने भएको छ ।

सुरुमा संघीय संसद सचिवालयले एकीकृत समाजवादीसहित ७ दलको प्रतिनिधित्व सुनुवाई समितिमा रहने गरी प्रस्ताव ल्याएको थियो ।

सहमति अनुसार एमालेले सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्तसहित ३ समितिको सभापति पाउने सहमित भएको छ ।

योसंगै सुनुवाई समितिमा एमाले र कांग्रेसको सदस्य बराबर हुने भएका छन् ।

प्रमुख तीन दलका बीचमा संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने सहमति छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077