काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारका सबै सूचक राताम्मे भएका छन्।
आइतवार नेप्से १६.९५ अङ्कले घटेर १८२१.६४ विन्दुमा झरेको छ ।
आज नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ । ९० करोड रुपैयाँको २७ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ ।
जसमा सबैभन्दा बढी नागरिक लगानी कोषकले ५ करोड बढीको कारोबार गरको छ ।
समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
Leave a Reply