काठमाडौं । गोकुलम केरलाबाट भारतीय आई लिगको उपाधि जितेका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्।
कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले सिजनको बीचमा विराटनगरका युवा फुटबलर मनिषलाई गोलकिपर प्रशिक्षक बनाएको हो ।
जारी ‘ए’ डिभिजन लिगमा बाँकी सिजनका लागि मनाङमा अनुबन्ध भएका हुन्।
मनाङले लिगको १८औं चरणमा आइतबार शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।
मनाङ ५ खेलमा जित, ६ खेलमा बराबरी र हारको नतिजा निकाल्दै २१ अंकमा तालिकाको आठौं स्थानमा छ।
Leave a Reply