Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मन्त्री लिम्बुले भने- युवालाई विकासको मूलधारमा जोड्ने गरी स्काउटलाई उपयोग गर्नुपर्छ

    मन्त्री लिम्बुले भने- युवालाई विकासको मूलधारमा जोड्ने गरी स्काउटलाई उपयोग गर्नुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 522
    SHARES

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रुपमा स्काउटलाई उपयोग गर्नुपर्ने बताएका छन् ।

    आइतबार नेपाल स्काउटले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रपति जिम्मेवार बनाउन सहज हुने बताए ।



    नेपाल स्काउटका संरक्षक समेत रहेका मन्त्री लिम्बुले ‘एक घरः एक स्काउट’ को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने उल्लेख गर्दै त्यससँग सम्बन्धित कानूनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।



    स्काउट अन्तर्राष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग छलफल गरी मुलुकको समृद्धि र विकासका लागि संकल्प लिएर अघि बढ्नुपर्ने मन्त्री लिम्बुको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार