काठमाडौं । दार्चुलामा चट्याङले लागेर यार्सा संकलन गर्न गएका तीनजना घाइते भएका छन्।
जिल्लाको व्याँस गाउँपालिका–२ हुम्लिङस्थित पाटनमा शनिबार राति करिब ८ बजेतिर चट्याङले लागेर तीनजना घाइते भएको प्रहरिले जनाएको छ ।
घाइते हुनेमा दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नम्बर १, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमती रहेका छन् ।
दुदिवन नजिकको हुम्लिङमा चट्याङ लागेर घाइतेको खबरपछि आज बिहान प्रहरीको टोली त्यसतर्फ पठाईएको बताईएको छ ।
Leave a Reply