Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड-देउवा र ओलीबीचको छलफलमा दलका उपनेता र सचेतक पनि थपिए

    प्रधानमन्त्री प्रचण्ड-देउवा र ओलीबीचको छलफलमा दलका उपनेता र सचेतक पनि थपिए

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 663
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको संयुक्त छलफलमा प्रमुख सचेतकहरू पनि मिसिएका छन्।

    प्रमुख दलका शीर्ष तीन नेताहरुको छलफल चलिरहँदा बैठकमा प्रमुख पार्टीका संसदीय दलका उपनेता, सचेतक पनि थपिका हुन्।



    बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत उपस्थित छन्।



    सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बैठकमा संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिँदो छ। यसअघि पनि तीन दलका शीर्ष नेताहरुबीच पटक पटक भेटवार्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार