Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अनुमति नलिई अवैध रुपमा रुख काटेपछि सामुदायिक वनका अध्यक्ष घिमिरे पक्राउ

    अनुमति नलिई अवैध रुपमा रुख काटेपछि सामुदायिक वनका अध्यक्ष घिमिरे पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 660
    SHARES

    उदयपुर । उदयपुरमा सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ परेका छन् ।

    जिल्लाको कटारी नगरपालिका – ३ स्थित उक्त वन उपभोक्ता समूहका अध्यक्ष बद्रि घिमिरे पक्राउ परेका हुन् ।



    उनले वन कार्यालयको अनुमति नलिई अवैध रुपमा रुख काटेको आरोपमा पक्राउ लागेको छ । अवैध रुपमा रुख कटान गरेर उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्षघिमिरेलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीले जनाएको छ ।



    अवैध रुपमा रुख कटान गरी काठ बराद गर्ने क्रममा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको बताइएको छ । सदावहार वन क्षेत्रबाट एकै पटक ४८ वटा रुख काटिएको बताइएको छ । पक्राउ परेका घिमिरेमाथि थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार