Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुबईबाट आएका तीनजना त्रिभुवन विमानस्थलबाट १५ तोला सुनसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ तोला सुनसहित तीनजना पक्राउ परेका छन् ।

दुबईबाट हिमालयन एयरलायन्सको विमानमार्फत शनिबार काठमाडौं आइपुगेका मध्यपुर थिमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझी पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरीले स्रोतका अनुसार विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा सुमनको साथबाट ५५ ग्राम, विमला र सिर्जनाले ल्याएको ६०-६० ग्रामको सुनको औंठी बरामद छ ।

सोधपुछ गर्दा तीनै जनाले उक्त सुन आफूहरूको नभएको बयान दिएका थिए । अरुको सुन बोकेर आएको बताएपछि प्रहरी उनीहरूलाई पछ्याउँदै पार्किङ क्षेत्रसम्म पुगेको थियो ।

पार्किङ क्षेत्रमा सुन लिन बसेका रामेछापका सुरेन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबईबाट फर्किएका तीनै जनाले भरियाका रूपमा सुन ल्याएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077