Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • हाइटेन्सन लाइनको पोलबाट ओर्लिए दिनेश माझी

    हाइटेन्सन लाइनको पोलबाट ओर्लिए दिनेश माझी

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 1.1K
    SHARES

    मोरङ । मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका एक पुरुष ११ घण्टापछि ओर्लिएका छन् ।

    सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी ११ घण्टापछि पोलबाट ओर्लिएका हुन् ।



    माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए । उनी अपरान्ह साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



    खम्बामा चढेका व्यक्तिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।

    अध्यक्ष थापा मगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका हुन् । सडक छेउमा निर्माण भइरहेको टेवा पर्खालको गुणस्तर राम्रो नभएको भन्दै माझीले रोक्न माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार