Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश

    ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 948
    SHARES

    मोरङ । बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका मोरङको बूढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीको अझै उद्धार भएको छैन् ।

    बूढीगंगा–७ मा ‘रिटेनिङ वाल’ निर्माणमा भ्रष्टाचार भएको भन्दै स्थानीय ३९ वर्षीय दिनेशकुमार माझी उच्च भोल्टको विद्युत प्रवाह भइरहेको करिब ३० मिटर उचाइको पोलमाथि चढेका हुन्।



    शनिबार बिहान ५ बजेतिर प्रहरीलाई जानकारी गराएर उनी १ लाख ३२ हजार भोल्ट (१३२ केभी) प्रशारण लाइनको टावर नम्बर १८ मा चढेका हुन्।



    पोलमाथि चढ्ने जानकारी आउन साथ उनलाई प्रहरीले रोक्न खोजेको थियो। तर, प्रहरी पुग्दा उनी पोलको टुप्पोमा पुगिसकेका थिए। घटनास्थलमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    जनप्रतिनिधिसहित ठूलो संख्यामा स्थानीय भेला भएका छन्। दिनभरको टनटलापुर घाम तथा उखरमाउलो गर्मीको प्रवाह नगरिकन पोलमाथि रहेका उनी त्यहाँबाट ओर्लन मानिरहेका छैनन्।

    अनियमित तरिकाले भइरहेको ‘रिटेनिङ वाल’ निर्माणको काम तत्काल रोक्नुपर्ने माग माझीको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार