Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव फेला

    धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव फेला

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 711
    SHARES

    सिन्धुपाल्चोक । धौलागिरी आधार शिविरको झन्डै ५ हजार मिटर उचाइको फ्रेन्च पास बेसक्याम्पमा फेरि अर्को शव फेला परेको छ।

    गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएकाको शव फेला परेको हो। फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा-१ बस्ने २७ वर्षीय देव लामाको रहेको छ ।



    उनी ७ महिनाअघि फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनी मार्फत विदेश पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका थिए।



    धौलागिरी आधार शिविरको फ्रेन्च पास क्षेत्रमा नेपाली सेनाको हेलीमार्फत शुक्रबार शवको खोजी अघि बढाइएको थियो।

    खोजी कार्यमा संलग्न नेपाली सेनाको टोलीले विशेष उपकरणको सहायताले बेपत्ता शव पत्ता लगाइएको थियो। यसअघि गत बैशाख १२ गते पनि एक जना पर्यटक भरियाको शव फेला परेको थियो।

    धौलागिरी आधार शिविरको स्वीस क्याम्पमा फेला परेको शव हेलीमार्फत उद्दार गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार