Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरियो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शरणार्थी प्रकरणमा राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका हुन् ।

नेता कोइरालाले लेखेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं । तसर्थ राज्यको जुनसुकै तह र तप्काको जोकोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ।’

मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा देशको शिर निहुरिएको बताउँदै उनले राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताए।

यो घटनाले देशको शासक र प्रशासकप्रति नागरिकको चरम अविश्वास बढेको बताउँदै उनले यसले लोकतन्त्र र संविधानलाई नै असुरक्षित पारेको टिप्पणी गरे।

अब भ्रष्टाचार विरूद्ध नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको सुरु गरेर नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने बेला भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077