एजेन्सी । कर्नाटकामा विधानसभा निर्वाचनको मतगणना जारी छ।
शनिबार बिहानदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको विवरणमा सत्तारूढ भारतीय जनता पार्टीलाई पछि पार्दै कंग्रेस आई बहुमततर्फ अग्रसर देखिएको छ।
मतगणना जारी रहँदा विधानसभाका कुल २२४ मध्ये ११८ क्षेत्रमा कंग्रेस आईले अग्रता लिइरहेको छ। बहुमतको सरकार बनाउन ११३ सिट आवश्यक रहन्छ। जनता दल सेकुलर जेडिएसले २५ क्षेत्रमा अग्रता लिएको छ।
मतगणनाको ताजा विवरणअनुसार भाजपा २०१८ को निर्वाचनमा जितेको २५ निर्वाचन क्षेत्रमा यसपालि पछि परेको छ भने कंग्रेसले अघिल्लो निर्वाचनमा हारेका ३९ निर्वाचन क्षेत्रमा यसपटक अग्रता लिइरहेको छ।
भारतका विभिन्न सञ्चारमाध्यमहरूले गरेको एक्जिट पोलहरूले यसपालि कर्नाटकामा भारतीय जनता पार्टीलाई पाखा लगाउँदै कंग्रेस आइले बहुमतको सरकार बनाउने विवरण सार्वजनिक गरेका थिए।
Leave a Reply