Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका २२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार के.सी परेका छन् । यस्तै २२ औं नम्बरमा राजन भुजेलको नाम रहेको छ ।

बढुवा समितिको निर्णयविरुद्ध सात दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

हेर्नुस् बढुवा सिफारिस सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077