Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • विनोद हत्या प्रकरण : होटेलमा खाएको पैसाबारे विवाद, फोल्डिङवाला छुरा प्रहार

    विनोद हत्या प्रकरण : होटेलमा खाएको पैसाबारे विवाद, फोल्डिङवाला छुरा प्रहार

    तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 3.6K
    SHARES

    काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८ का विनोद थापामगरको होटेलमा खाएको पैसाको विषयमा विवाद हुँदा हत्या भएको खुलेको छ ।

    बुधबार राति खाजा खान निबुवाबोटस्थित शानदार होटेल एण्ड लजमा छिरेका थापामगरको छुरा प्रहार गरी हत्या भएको थियो । सो होटेल एण्ड लजमा खाजा खाइसकेपछि पैसाको विषयमा भनाभन भएको थियो । होटेलमा खाएको पैसाको विषयमा होटेल सञ्चालिका सरस्वती पनेरु (पण्डित) सँग थापाको केहीबेर विवाद चलेको बताइएको छ ।



    विवादपछि पण्डितले आफ्ना छोरा निरजलाई बोलाइन् । साथी किरण रानामगरलाई समेत लिएर होटेल पुगेका निरजले विनोदलाई सुरुमा पाँच–सात मुक्का प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसपछि आफूले साथमा ल्याएको फोल्डिङवाला छुरा प्रहार गरेर विनोदलाई घाइते बनाए ।



    स्थानीयले घटनाको बारेमा थाहा पाएपछि विनोदलाई उपचारका लागि काठमाडौं लगियो । विनोदको उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा बिहीबार बिहान पौने दुई बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । खाजा खाएको पैसा दिन आनाकानी भएपछि विवाद उत्पन्न भएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको धादिङ प्रहरीको भनाई छ ।

    घटनामा प्रयोग भएको छुरा घटनास्थलदेखि ३० मिटर उत्तरतर्फ त्रिशुली नदितर्फको किनारमा आज बिहान फेला पारिएको थिायो । धादिङ प्रहरीका अनुसार घटनामा संलग्न ४७ वर्षीया सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ मा बस्दै आएका किरन रानालाई पक्राउ गरिएको छ । तिनैजनालाई कर्तव्य ज्यान मुद्दामा सम्मानित धादिङ जिल्ला अदालतबाट तीनदिन म्याद थप अनुमती लिई प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार