Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पुलिसले छोड्यो रेलिगेसन क्षेत्र, मनाङ र हिमालयन शेर्पाले अंक बाँडे

    पुलिसले छोड्यो रेलिगेसन क्षेत्र, मनाङ र हिमालयन शेर्पाले अंक बाँडे

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 804
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहीद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबले संकटालाई २–१ गोल अन्तरले पराजित गर्यो।



    यस जितसँगै पुलिस ११ औं स्थानमा उक्लिएको छ । पुलिसको १७ खेलमा ५ जित, ४ बराबरी र ८ हारसहित १९ अंक छ ।



    पराजित संकटा १७ खेलबाट २० अंकसहित दशौं स्थानमै कायम छ ।

    त्यस्तै, शुक्रबार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन्।

    बराबरीसँगै सातौँ स्थानमा रहेको मनाङले १७ खेलबाट २१ अंक जोडेको छ ।

    समान खेलबाट २१ अंक जोडेको हिमालयन शेर्पा भने लिगको नवौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार