काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१६ ओटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।
त्यस्तै, सोही अवधिमा १२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
योसँगै संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ ।
अहिले संस्थागत आईशोलेशनमा ११ जना, आईसीयूमा ३ जना र भेन्टिलिटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply