Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान हुन्छ

    प्रधानमन्त्री प्रचण्डले भने – भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 717
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई नछोड्ने बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताए । उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए ।

    उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए ।

    उनले निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्‍याउन लागि परेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताए । निर्दोष कोही नपर्ने पनि उनले स्पष्ट पारे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार