Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

    हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 612
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी)  ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेशतर्फ प्रस्थान गरेका छन्।

    यही वैशाख २९ र ३० गते हुने कन्फरेन्समा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।



    भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन् ।



    कन्फरेन्समा इन्डियन ओसन आसपासका २५ देशका प्रतिनिधिहरू सहभागी हुने छन्। उनी आइतबार स्वदेश फर्किनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार