खोटाङ । आफूलाई कृषि विज्ञ बताउने मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
राईमाथि शुभद्रा मदन फाउन्डेसनमा अध्ययनरत बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ ।
राईलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।
Leave a Reply