Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • आरजु देउवाको सचिवालयले भन्यो – सिंगापुर भागेको हल्ला गलत हो

    आरजु देउवाको सचिवालयले भन्यो – सिंगापुर भागेको हल्ला गलत हो

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवा भागेर सिंगापुर पुगेको हल्ला फैलिएपछि देउवाको सचिवालयले आरजु काठमाडौंमै रहेको स्पष्ट पारेको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजु सिंगापुर पुगेको हल्ला फैलिएको थियो ।



    आरजु हिजो अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज पुगेकी सचिवालयले जनाएको छ । त्यस क्रममा उनले हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन गरेकी थिइन् ।



    हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन् । एउटा युट्यूव च्यानलले आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको सामग्री प्रसारण गरेको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार प्रहरीले पक्राउ गरेपछि कांग्रेसभित्र मात्र नभई राजनीतिक वृतमै तरंग पैदा भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार