Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङको राठी इन्डष्ट्रिजमा आगलागी, दमकलसहित सशस्त्र प्रहरी परिचालन

मोरङ । राठी म्यानुफ्याक्चरिङ इन्डष्ट्रिजमा आगलागी भएको छ।

मोरङको बुडीगङ्गा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गर्दै आएको राठी उद्योगमा गएराती २ बजेदेखि आगलागी भएको हो ।

शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बाहिरी संरचनाको आगो नियन्त्रणमा लिइएपनि भित्र रहेका सामानमा लागेको आगो नियन्त्रणमा आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077