Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी ८२ दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन [सूचीसहित]

काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ८२ दललाई निर्देशन दिएको छ ।

आयोगका अनुसार नेपाली, कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने दललाई सो निर्देशन दिइएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, नेकपा एससहित ८२ दल अडिट रिपोर्ट सार्वजनिक नगर्नेको सूचीमा छन् ।

आयोगले ती दललाई पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077