Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • पुर्व एसपी तिम्सिनाको प्रश्न – प्रहरीलाई आगोले पोलेर मार्नेलाई छुटाउने तयारी हुँदा के भन्ने ?

    पुर्व एसपी तिम्सिनाको प्रश्न – प्रहरीलाई आगोले पोलेर मार्नेलाई छुटाउने तयारी हुँदा के भन्ने ?

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले नेपाल प्रहरीका अधिकृत र जवानहरुलाई आगोले पोलेर मार्नेलाई अध्यादेश मार्फत छुटाउने तयारी हुँदा के भन्ने होला भन्दै प्रश्न गरेका छन् ।

    बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पूर्व एसपी तिम्सिनाले यस्तो प्रश्न तेर्साएका हुन् । आज मात्रै सरकारले टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन संसदमा विधेयक दर्ता गरेको थियो ।



    त्यस लगत्तै उनले आज सारा नेपालमा व्याप्त भ्रष्टाचारको जालोलाई बेजोडसँग हल्लाउने नेपाल प्रहरीका अधिकृत र जवानहरुलाई आगोले पोलेर मार्नेलाई अध्यादेश मार्फत छुटाउने तयारी हुँदा के भन्ने होला ? भन्दै लेखेका छन् ।



    रेशम मुख्य योजनाकार भनिएको टीकापुर घटनामा थरुहट प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक एवम् तत्कालीन सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना, सशस्त्रका २ र १ नाबालकसहित ८ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार