Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग अर्थमन्त्रीको छलफल, अनुदान बढाउन आग्रह

    अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग अर्थमन्त्रीको छलफल, अनुदान बढाउन आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 579
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटका विषयमा छलफल गरेका छन् ।

    छलफलका क्रममा अर्थमन्त्री डा. महतले वैदेशिक ऋण सँगसँगै उल्लेख्य रुपमा अनुदान उपलब्ध गराउन आग्रह गरे।



    त्यस्तै, नेपाल सरकारका आगामी दिनका प्राथमिकता, आगामी बजेटले लिने मार्गदर्शन, सिद्धान्तका विषयमा धारणा राखे।



    छलफलका क्रममा विकास साझेदारहरुबाट प्राप्त राम्रा सुझाव सल्लाहलाई धन्यवाद दिँदै डा. महतले आगामी दिनमा सहकार्य गर्दै जाने उल्लेख गरे ।

    छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी लगायतका द्विपक्षीय विकास साझेदार संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार