Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेशलाई शहीद घोषणा गरिने

    दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेशलाई शहीद घोषणा गरिने

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 828
    SHARES

    काठमाडौं । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन्।

    दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई बिहिबार सम्बोधन गर्दै उनले मुकेशलाई शहीद घोषणा गर्ने बताएका हुन् ।



    मन्त्री मोदीले भने, ‘मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्नुस् । उनको निधनले राष्ट्र आज शोकाकुल छ ।’



    लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्‍याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह समेत गरे ।

    लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ३२ वर्षिय मुकेशको बुधबार साँझ साढे ७ बजे उनको निधन भएको हो ।

    २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार