Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठकअघि प्रचण्डलाई भेटेर फर्किए देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए । देउवा र दाहालबीच करिब एक घण्टा वार्ता भएको थियो ।

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्दै छ । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेका विषयमा प्रचण्डसँग देउवाको छलफल गरेको बताइएको छ ।

पार्टीका पूर्वपदाधिकारीको समेत सहभागी हुने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने छ । बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन ।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077