Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थप २ वटा जहाज खरिद गर्दै वायु सेवा निगम

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर प्रदेश हवाई कनेक्टिभिटी वृद्धिका लागि जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको छ।

दुर्गममा उडान भर्ने जहाज किन्ने विषयमा गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएपछि थप २ जहाज खरिद प्रक्रिया अघि बढाएको हो ।

यसअघि, दुर्गम क्षेत्रमा उडान भर्ने लक्ष्यसहित ३ वटा जहाज किन्ने तयारी अघि बढाएको थियो । यसअघि दुर्गमका एयरपोर्टमा उडान भर्न मिल्ने खालका ३ वटा जहाज किन्न प्रतिवेदन समिति बनेको थियो ।

उक्त समितिले प्रतिवेदन बुझाइ सकेपछि थप २ वटा जहाज किन्ने विषयमा अध्ययन समिति बनेको नेपाल एयरलायन्सका प्रवक्ता रमेश पौडेलले बताए ।

जहाज खरिदका लागि निगमले गत चैत २९ गते जहाज खरिद सम्भावना अध्ययन उपसमिति गठन गरेको थियो ।

उक्त समितिले २१ दिन लगाएर तयार गरेको प्रतिवेदन वायुसेवा सञ्चालक समितिलाई बुझाएसँगै निगमले जहाज खरिदको थप प्रक्रिया अघि बढाएको हो ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077